सुन, के हुन गयो खै कुन्नी यो मन जगतमा..
दुइ क्षणका दुइ सोच परे विवादी,
के अब जस पाइएला खै कुन्नी यो तलबितलमा
अप्ठ्यारा हुनेछन् मार्ग, जति अघि बढे उति,
ज्ञात नभएको होइन
सहर्ष स्वीकारे यो अति गोप्य लक्ष्य, दुइ क्षणका दुइ सोच परे विवादी,
के अब जस पाइएला खै कुन्नी यो तलबितलमा
जोगाए निलपत्र झैँ,
तर पनि विलाप नभएको होइन
के आश गर्नु खै कुन्नी यो निरसतामा,
जबकी, प्रफुल्ल हृदय पनि अकमकाउन खोज्छ
समय प्रपञ्ची भै गयो, के द्वेष राख्नु खै कुन्नी यो अवशेषमा,
जबकी मनले भने अझै
प्रेम प्रबल सुन्दर सोच्छ ।
सुचित भए अन्त्य निकट छ भनि,
केही विकल्प सोच्न सकिन्थ्यो होला
सुखित जिवनको कल्पना थिएन कतै पति,
तर भावनाको वगावट रोक्न तम्सिन्थ्यो होला
ध्यान दृष्टि दिदा एक तर्फ, अंत अस्ती आरम्भको तुसारो देखिन्छ
अर्को मन भने रुन्छ, छटपटाउछ, कटकटाउछ र
कराउछ; अतित बन्ने नै भए, गतिला त्यागहरू
गुजुल्टी पारेर फाल सबै कुरा र फर्केर हेर भन के भेटिन्छ ?
बदर भयो खै कुन्नी कसरी यो चयन, जीवन पञ्जीमा चढाए पनि
चमत्कार तुल्य सम्झीएँ, तर,
खै कुन्नी कसरी आफै तापसी बने,
अब बाँकी एकपटक बस्न छहारी मुनी
इन्धन सकियो सङ्घर्षको, कठिन यो अन्तरालमा
मुटु चरक्क हुदै गर्दा
पर्ख एक प्रहर, फेरी आउँछन उनी, नुनचुक गर्न,
म बिर्सन समय जुराउदै गर्दा
आश्वासनको कोपिला फक्रिन खोज्छ,
सुनिन्छ चिन्ता नलिनु हरे
मशान्त त सकियो उहिल्यै तर,
मनशान्तीको सीर्जन गर्न, भनिन्छ उनै सित नमिल्नु हरे
बन्जार मनको भूमिमा बाडी आउँदा,
खै कुन्नी कुन ताराहरू थिए गगनमा
फेरी आउलान् न आउलान ताराहरू समिप,
जुन योग बनेथ्यो त्यसबेला,
खै कुन्नी अब फेरी बन्लान् र जगतमा
यदि प्रेम सर्वान् जयति, सत्य भए, मेरै पात्रोमा दोष देखियो किन
दुई पानाको यो कथालाई, पुस्तकको खोलमा लेखियो किन
अनेक बात विवाद बिच, अमूल्य भन्न पुगियो किन
यदि गन्तव्य अर्कै थियो भने, बाटोमा एकछिन हिँड्न भेटियो किन
No comments:
Post a Comment