Thursday, 16 May 2024

तपाई आउनुस्

तपाई आउनुस्,
अनि म लैजाने छु तपाईलाई धेरै टाढा..
सम्मठाँउको तपाईलाई मेरा पाखा पखेरामा।

तपाई आउनुस् घाम देखि भागेर,
अनि म तपाईलाई घाम ताप्ने बनाई दिन्छु।
व्यस्ततामा अल्झेको तपाईलाई,
म फुर्सदिलो बनाई दिन्छु।
केवल मेरो लागी!!

थाहा छ ? असिमित प्रेम छ मेरो मनमा..
तपाई आउनुस्,अनि जताई दिन्छु तपाईलाई,
व्यक्त गरेका र गर्न बाकी सबै कुरा।

फुलको झुप्पा दिने जमानामा,
पुरै बगैचा तपाई कै यादमा सृङ्गारिएको।
केही शब्द भनि प्रेम पोख्ने आशयमा,
पुरै पाना तपाई कै नाममा कोरिएको।
सोचेको भन्दा धेरै राम्रा वास्तविकता..
तपाई आउनुस्,अनि सुनाइ दिन्छु तपाईलाई,
माया र माया का सबै परिभाषा।

केही वर्ष उता, तपाई र मेरो जुन एउटै हुने गर्थ्यो ।
केही महिना उता थाहा भयो हाम्रा तारा पनि एउटै रहेछन् ।
मैले पढ्दै गरेका शब्दहरुले, कुनै दिन तपाइको पनि स्पर्श पाएका थिए।
हामी बिचका उस्तै कुरा, कतिपय थाहा भएका र 
कति तपाई को प्रतिक्षामा...
तपाई आउनुस्, अनि बताई दिन्छु तपाईलाई,
प्रकृतिको गोप्य संकेत, हाम्रै लागि रचिएका।

तपाई आउनुस् अनि म राख्ने छु तपाईलाई,
कतै लुकाएर!!
हराउने गर्छु बेला बेला आफैमा म, 
तर तपाई लाई हराउने छैन।


No comments:

Post a Comment

तपाई आउनुस्

तपाई आउनुस्, अनि म लैजाने छु तपाईलाई धेरै टाढा.. सम्मठाँउको तपाईलाई मेरा पाखा पखेरामा। तपाई आउनुस् घाम देखि भागेर, अनि म तपाईलाई घाम ताप्ने ...